युवाद्वारा भेटाएको ४ लाखको चेक फिर्ता

लोडरको काम गर्ने एक थारु युवाले विमानस्थलमा भेटाएको चार लाख रुपैयाँको चेक बैंकमा बुझाएका छन्। बैंकले इमान्दारिताको कदर गर्दै बिहीबार उनलाई दोसल्ला ओढाएर सम्मान गरेको छ।
सुर्खेत विमानस्थलमा कार्यरत लाटीकोइली, नयाँगाउँका कृष्ण थारुले बुधबार दिउँसो चार लाख रुपैयाँको चेक भेटाएका थिए। बाजुराको कोल्टीबाट तारा एयरमा सुर्खेत झरेका एक यात्रुले उक्त चेक ल्याएका थिए। बाजुरास्थित पूर्ण निर्माण सेवाले दिलिपकुमार शाहीका नाममा कात्तिक १ गते चेक जारी गरेको छ।

चेक भेटाएलगत्तै २४ वर्षीय थारुले बुबा बाँधुरामलाई जानकारी गराएका थिए। ‘मैले छरछिमेकसँग सल्लाह गरेर बैंकमा बुझाउने निर्णय गरेँ,’ राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा चेक बुझाउन आएका बाँधुरामले भने, ‘हामी जति गरिब भए पनि अर्काको पसिनाको धन खान सक्दैनौँ।’ कतिपयले चेक साँट्न उकासे पनि आफ्नो मनले नमानेको उनले बताए।

उक्त चेक राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाको भए पनि एनी ब्रान्च बैङ्किङ सिस्टम (एबीबीएस) भएकोले जुनसुकै शाखाबाट झिक्न मिल्ने बैंकका सुर्खेत शाखा प्रबन्धक यज्ञबहादुर बस्नेतले बताए। उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकका देशभरका एक सय ४० शाखा एबीबीएस प्रणालीमा छन्। ‘चेक जारी गरिएको खातामा रकम पनि छ, साँटेको भए कसैले समात्न सक्ने अवस्था थिएन,’ बस्नेतले भने, ‘फेरि चेकबाहक अहिलेसम्म बैंकको सम्पर्कमा पनि आएको छैन।’

आफ्नो गाउँको सडक आफै मर्मत गर्दै सिन्धुपाल्चोकका बासिन्दा

सरकारी बजेटको मुख ताकेर मात्र बस्दा वर्षाका कारण बिग्रिएको सडक मर्मत हुने नदेखिएपछि सिन्धुपाल्चोकको कतिपय गाँउका स्थानीयबासिन्दा अहिले आफै मोटरवाटो मर्मत सुधार गर्न कस्सिएका छन् । चाडबाड नजिकिँदै जाँदासमेत विगत ४ महिनादेखि बिग्रिएको बाटो बनाउन सम्वन्धित निकाएले चासो नदेखाएकोे र सरकारी बजेट समेतपछि आउने गरेकोले गाँउलेको सहयोगमा दशैं तिहार अगावै गाँउमा यातायातको साधन पु¥याउन सडक मर्मत कार्य तिव्र पारिएको मेलम्ची–भोताङ मोटर बाटो समितिका अध्यक्ष विकास लामाले बताए । वर्षायाम लागेदेखि बिग्रिएको ग्रमिण सडक मर्मत हुन नसक्दा जिल्लाका हजारौ बासिन्दालाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समस्या परिरहेको थियो ।
Solidarity News: oct 04.2012

दुई नेपाली डाक्टरलाई बंगलादेशमा स्वर्णपदक

दुई जना नेपाली चिकित्सकले बङ्गलादेशको प्रतिष्ठित स्वर्णपदक प्राप्त गरेका छन्। बङ्गबन्धु शेखमुजिब मेडिकल युनिभर्सिटीबाट चिकित्सकद्वय अनन्त श्रेष्ठ र प्रमिला शाक्यले प्रधानमन्त्री स्वर्णपदक प्राप्त गरेका हुन्।

सन् २०१० मा सर्वोत्कृष्ट नतिजा ल्याएबापत उनीहरूलाई प्रधानमन्त्री शेख हसिनाले हिजो ढाकामा आयोजित विशेष समारोहमा स्वर्णपदक प्रदान गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

चिकित्सकद्वय शाक्य काठमाडौँ मोडल अस्पताल र श्रेष्ठ हाल निजामती अस्पतालमा कार्यरत छन्। रासस

एक दिवसीयमा नेपालको लगातार नवौँ विजय, युएई पराजित

लगभग स्थिति उस्तै थियो। युएईसँगको पहिलो खेलमा नेपाल विजय नजिक पुगेको थियो। युएईका कप्तान सइद अल साफरले अलराउन्ड प्रदर्शन गरेपछि नेपाल एसिसी ट्रफीको पहिलो खेलमा १
विकेटले पराजित भयो। १२ वर्षपछि प्रतिस्पर्धाका हिसाबले लगभग सोहीअनुरुप नै रह्यो। यसपटक विजय हुने पालो नेपालको रह्यो। आत्मविश्वासी नेपालले युएईसँग हारको क्रम तोड्दै बुधबार शारजहाँमै ४ विकेटको विजय नतिजा निकाल्यो। ५० ओभरको ७ प्रतिस्पर्धामा नेपालले पहिलोपटक युएईलाई पराजित गर्न सक्यो। Continue reading

फिफा वरियतामा नेपालको एक स्थानमा सुधार

फिफा वरियतामा नेपाल अघिल्लो महिना (सेप्टेम्बर) मा भन्दा एक स्थान माथि उक्लँदै १ सय ६५औं स्थानमा छ।
नेपालले गत महिना बंगलादेशसँग मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेपछि आएको वरियतामा नेपाल माथि उक्लिएको हो।

विश्व फुटबल महासंघ (फिफा) ले अक्टोबर महिनालाई बुधबार सार्वजनिक गरेको वरियतामा दक्षिण एसियाली राष्ट्रमा माल्दिभ्स (१६०औं) लगातार शीर्ष स्थानमा छ।

अफगानिस्तान १६६, भारत १६८, बंगलादेश १६९, पाकिस्तान १७७, श्रीलंका १८०औं र भुटान २ सय स्थानमा छन्। वरियताको शीर्ष दुईमा कुनै परिवर्तन भएको छैन। स्पेन शीर्ष र जर्मनी दोस्रो स्थानमा छन्। पोर्चुगल चौथोबाट तेस्रोमा उक्लेको छ। अर्जेन्टिना चौथो, इङ्ल्यान्ड पाँचौँ, नेदरल्यान्ड्स छैटौं, उरुग्वे सातौं, इटाली आठौं, कोलम्बिया नवौं र ग्रिस दसौं स्थानमा छन्।
Nagarik news: oct 4.2012

लघुजलविद्युत्को योगदान : गाउँगाउँमा उद्योग

पहिले एक किलो धान कुटाउन १० रुपैयाँ तिर्नुपर्ने आमचोक गाउँमा अहिले ३० रुपैयाँमा एक मन (४० किलो) धान कुटिन्छ । कुटानी पिसानी मिल गाउँमै खुलेपछि अरू अन्नका लागि पनि न्यून शुल्क बुझाए पुग्ने भइको छ । “पहिले जस्तो घण्टौं धाउनुपर्ने समस्या पनि टरेको छ,” स्थानीय उद्धव लामिछाने भन्छन् ।
आमचोकमा गाउँमै कम्प्युटर सेन्टर खुलेका छन् । प्राथमिक स्वास्थ केन्द्रमा ड्रिफ्रिज चलाउन सहज भएको छ । साँझमा टुकी बाल्न पर्दैन । लोडसेडिङको समस्या पनि छैन । आमचोकवासीलाई यी सबै सुविधा जुराएको हो, माङ्मा खोला लघुजलविद्युत् आयोजनाले । Continue reading

सिस्नो बहुउययोगी प्रमाणित – कुखुराले धेरै अन्डा पारे, बंगुरको मासु स्वस्थकर

सिस्नोको नाम सुन्दा तपाईंलाई पोल्ने बोटको याद आउला । तर अब सिस्नोको विशेषता पोल्ने घाँसभन्दा बढी उपयोगी बिरुवाका रूपमा प्रमाणित भएको छ । गाउँघरमा झाँडीमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै होइन जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको अनुसन्धानले देखाएको छ ।
सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ । “कुखुरालाई नियमित रूपमा सिस्नुको धूलो खुवाउँदा साविकभन्दा धेरै अण्डा पार्छ भने मासुसमेत पोसिलो हुन्छ,” अनुसन्धानकर्ता वरिष्ठ वैज्ञानिक डा. दोजराज खनालले भने, “सिस्नु नखुवाएको कुखुराभन्दा खुवाएको कुखुराको मासु धेरै स्वादिलो रहेको पाइयो ।” Continue reading