अधिकतम २० लाख पर्ने स्वदेशमै बनेको मुस्ताङ गाढी चढेर चर्चामा आएका प्रधानमन्त्रिले अब उप्रान्त बन्ने सबै मन्त्री तथा
प्रधानमन्त्रीहरुलाई समेत सस्तो गाढीमा चढाउने भएका छन। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुको आचार संहिता र सरकारी अधिकारीहरुलाई मितव्ययी बनाउने प्रस्ताव पारित गरेपछि मन्त्रिहरुले ४०/५० लाखभन्दा बढी महंगा गाडी बढ्न नपाउने भएका छन। त्यसैगरि उक्त आचार संहिता अनुसार मन्त्रीहरुले स्वदेश तथा विदेश भ्रणमा जाँदा पाएको उपहार राज्यलाई बुझाउनु पर्ने, मन्त्रीका परिवार र आफन्तले राज्यबाट कुनै विशेष सुविधा लिन नपाउने उल्लेख छ ।यसैगरी मन्त्रीहरुको सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्नुपर्ने, मन्त्रिपरिषदभित्र र सदस्यहरुबीच भएको बिबाद बाहिर नल्याई आन्तरिक रुपमा छलफलबाटै मिलाउने, गठबन्धनमा सहभागी दलले फिर्ता बोलाए मन्त्री पद स्वत निलम्बन हुने विषय पनि आचार संहितामा उल्लेख गरिएको छ ।
-
Recent Posts
Find us on Facebook
सकारात्मक भण्डार
उपयोगी वेबसाइटहरु
नेपाली क्यालेन्डर
Blogroll
Music