Category Archives: अर्थ

अर्थ

गुन्द्रीले ल्यायो दलित महिलाको जीवनमा परिवर्तन

कुनै बेला काम नपाएर त्यसै गफ चुटेर बस्ने गरेकी सप्तरीको पोर्ताहा– ५ की ममता सरदारलाई अचेल पटेरबाट गुन्द्री बनाउन भ्याइनभ्याई भएको छ । कुनै समय सरदार फुर्सदको समयमा त्यसै गफ चुटेर बस्थिन् तर हिजोआज उनको दैनिकी फेरिएको छ । घरको आर्थिक अवस्था निक्कै दयनीय भए पनि उनलाई काम गर्ने सीप नभएको कारणले त्यसै बेरोजगार भएर बसेको थियो । Continue reading

अब नेपाली तरकारीका बीउहरु संसारभरी पुग्न सक्ने

नेपाली प्रयोगशाले गुणस्तर प्रमाणित गरेका खाद्यान्न र तरकारीको बीउ अब संसारभर बिनारोकतोक निर्यात गर्न सकिने भएको छ। नेपालको केन्द्रीय बीउ परीक्षण प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएकाले सजिलै संसारभर निर्यात गर्न सकिने भएको हो। कृषि विकास मन्त्रालयको बीउबिजन गुणस्तर केन्द्रअन्तर्गतको केन्द्रीय बीउ परीक्षण प्रयोशालाले हालै अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

केन्द्रको प्रयोगशालालाई स्वीजरल्यान्डस्थित अन्तर्राष्ट्रिय बीउ परीक्षण संघ(आइएसटिए)ले मान्यता दिएको हो। आइएसटिएले मान्यता दिएपछि निर्यातकर्ताले यो प्रयोगशालाबाट गुणस्तर प्रमाणित गराई बीउ निकासी गर्न सक्नेछन्। नेपाली प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा निर्यातकर्ताले विभिन्न निकासीका क्रममा अवरोध झेल्दै आएका थिए।
‘अब हाम्रो प्रयोगशालाले गुणस्तर प्रमाणित गरेका बीउ संसारभर सजिलै निकासी गर्न सकिने भएको छ,’ कृषि मन्त्रालयका प्रवक्ता हरि दाहालले भने, ‘हाम्रो प्रयोगशालो छाप भएका बिउ विदेश पठाउन अब समस्या हुदैन।’ Continue reading

ठीकै त हो नि नियम मिच्नेलाई के को मुवाब्जा

सडक विस्तार अभियानबारे छलफल गर्न आएका स्थानीयवासीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले सडक विस्तारको क्रममा नयाँ नियम ल्याएको नभई पूरानै नियमलाई लागू गराउन खोजेको भन्दै नियम बनिसकेपछि बनेका घरको मुआब्जा नदिइने प्रष्ट पारेका छन्।

‘नियम बनेपछि नियम मिचेर बनेका घरको मुआव्जा दिन सकिँदैन। नियम नबन्दै बनेका घरहरु बारे प्रक्रियामा जानेछ’ प्रधानमन्त्रीले बताए।
नियम कानुनलाई उल्लङ्घन गरेर भौतिक संरचना निर्माण गर्दा यस्तो अवस्था आएको प्रधानमन्त्री भट्टराईको कथन थियो।

प्रधानमन्त्रीले सहर पुस्तौंको निम्ति भएकोले यसलाई राम्रो बनाउनु हामी सबैको कर्तव्य भएको बताउए। बढ्दो सवारी चाप सँगै यसको विस्तार र विकास आवश्यकता भएको उनको भनाई थियो।

स्थानीयवासीको सहभागिता र सहमति लिएर काम गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए।

सडक विस्तार बारे स्थानियवासी र सरकारी पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सडक विस्तार तथा निर्माणबारे सरकारी निकायबाट प्रगति विवरण पनि लिएका थिए।

छलफलका क्रममा स्थानीयवासीहरुले सहरलाई सुन्दर बनाउन व्यवस्थित तरिकाबाट विस्तार अभियान चलाउनु पर्ने सुझाव दिएका थिए। उनीहरुले भत्काउनेसँगै निर्माणको काम पनि थाल्न सुझाव दिए।

घरैपिच्छे व्यवसायिक तरकारी र च्याउ खेती-पहिले किन्नेहरु अब बेच्नथाले

घर नजिकै तरकारी नपाइने किन्न बजारै निस्कनुपर्ने । महिनाको खाना खर्च चलाउन मुस्किल हुने बेला तरकारीमा धेरै पैसा लाग्ने । यसरी एकातिर भनेको बेला तरकारी नपाउने, अर्कोतिर किन्दा पनि निकै खर्च बढी हुने समस्या भएको ढुंगेपाटनमा यतिबेला घरैपिच्छे तरकारी फलेको छ । यो उत्पादनले तरकारी किन्दा हुने रकम मात्र जोगिएको छैन, बिक्री गरेर आम्दानीको स्रोत पनि बनेको छ ।सिँचाइ सुविधा अभावमा तरकारीका लागि उपयुक्त नभएको भन्दै खेती नगरिएको यो क्षेत्रमा अहिले थोक व्यापारीको आँखा लाग्न थालेको छ । व्यक्तिगत तहमा, साझेदारी वा सामूहिक रूपमा तरकारी खेती गरिएको छ । खर्च जोगिने र आम्दानी पनि हुने तरकारी खेतीको उपाय देखाउने दुई महिला छन् । रामदेवी पुन र मनकुमारी पुनले तरकारीबाट कमाइ गरेपछिको प्रभाव अहिले बस्तीभर फैलिएको हो । Continue reading

घिउकुमारी खेती अभियानको रूपमा

जिल्ला वन कार्यालय तनहुँले बहुमूल्य र बहुउपयोगी घिउकुमारी खेतीलाई अभियानको रूपमा अगाडि बढाएको छ । ग्रामीण क्षेत्रका बासिन्दाको जीवनस्तरमाथि उठाउनका लागि यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन लागिएको जिल्ला वन अधिकृत गणेश झाले बताउनुभयो ।

वीरगन्जमा पाँच हजार बिरुवा हुर्काइ कार्यालय हाताभित्रै नर्सरी स्थापना गरिएको र यही जेठ असारमा ती बिरुवा किसानलाई वितरण गरिने बताइएको छ । ब्यास १ अकला सामुदायिक वनले समेत चार हजार घिउकुमारीको बिरुवा लगेर रोपेको सहायक वन अधिकृत शालिग्राम पराजुलीले जानकारी दिनुभयो । खैरेनीका किसान पदमबहादुर विकले यसै वर्षदेखि एक लाख लगानी गरी ११ रोपनी जग्गामा १० हजार घिउ कुमारीको बिरुवा रोपेर व्यावसायिक रूपमा यसको खेती सुरु गरेका छन् । रासस

भ्याट कारबाहीबाट पाँच अर्ब ४२ करोड रुपियाँ असुल

चालु वर्षको माघसम्म एक सय २८ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो लक्ष्य भन्दा करिब तीन अर्बले घटी हो। अर्थ सचिव कृष्णहरि बास्कोटाका अनुसार यो अवधिमा भन्सारबाट २३ अर्ब, मूल्य अभिवृद्वि कर(भ्याट) ४० अर्ब, अन्तशुल्क १७ अर्ब राजस्व संकलन भएको छ।रजिस्ट्रेशन दस्तुर र सवारी साधनबाट चार अर्ब २५ करोड रुपैयाँ सरकारी ढुकुटीमा जम्मा भएको छ। यो लक्ष्य भन्दा २५ प्रतिशत न्युन हो। गैर कर राजस्व १८ अर्ब ५० करोड संकलन भएको छ। यो लक्ष्यको १० प्रतिशत न्युन हो। Continue reading

ब्यावसायिक् तरकारी खेतिले बनायो “लोदे” गाउँलाई “फुलबारी”

केही वर्षअघि सम्म मैनतडा-७ स्थित यस गाउँको नाम लोदे थियो। परम्परागत खेतीबाट छाक टार्नसमेत धौधौ परेपछि अघिकांश पुरुष कामको खोजीमा भारत लाग्दा खेतबारी बाझै रहेकाले गाउँको नामनै लोदे रहन गएको स्थानीय सुनाउँछन्।तर यति बेला गाउँको नाममात्र हैन, मुहारै फेरिएको छ। आधुनिक तरिकाले तरकारी खेती अँगालेपछि याहाका किसानको आम्दानी बढेको छ। जीविकोपार्जनको खेती गर्दे आएका उनीहरुले अर्थोपार्जनको बाटो अंगालेसँगै लोदे गाउको नाम परिवर्तन गर्दे फूलबारी राखेका छन्। Continue reading

होटेलका लागि एतिहासिक बर्ष २०११

महत्वकांक्षी पर्यटन वर्ष २०११ उत्साहजनक नभए पनि सम्भावनाको संकेतसहित विदा भएको छ। नेपालमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरिए पनि त्यसअनुरुप सफलता भने हासिल हुन सकेन। तर व्यवसायीले यसलाई सकारात्मक भनी मुल्याङ्कन गरेका छन्।
यसअवधिमा मुलुककै पर्यटकीय सहर पोखरामा भने ५ लाख पर्यटक भित्र्याउने लक्ष्य थियो। पोखरामा भने यसको प्रभाव सन्तोषजनक परेको व्यवसायीको अनुभव छ। Continue reading

यूरोपमा जडिबुटी सामानको माग बढ्दो

पछिल्लो समयमा नेपाली जडीबुटीबाट बनेका सामानको युरोपेली मुलुकहरुबाट उच्च रुपमा माग आएको छ। तर, नेपाली व्यवसायीले भने मागअनुरुप सामान दिन सकेका छैनन्।
‘अहिले युरोपका धेरै मुलुकबाट जडीबुटीका सामानको माग आएको छ,’ हिमालयन बोयोट्रेडका प्रबन्धक खिलेन्द्र गुरुङले भने, ‘मागअनुसार आपूर्ति गर्न सकिरहेका छैनौं।’
गुरुङका अनुसार फ्रान्स, जर्मनी, इटाली, स्विडेन, चेक र स्लोभाकियालगायत युरोपेली मुलुकहरुमा नेपाली सामान निर्यात भइरहेको छ। उनले आफ्नो कम्पनीले फ्रान्स, जर्मनी, इटाली, स्विडेनमा सुगन्धित तेल निर्यात गर्दै आएको जानकारी दिए। Continue reading

सिस्नुले चिनायो चित्रकलीलाई

१० वर्षअघिसम्म आफ्नै गाउँमा कसैले नचिन्ने चित्रकली बुढामगरको पहिचान अहिले गाउँमा मात्रै सीमित छैन, उनको क्षेत्रका व्यवसायीले देशभरि चिन्छन् । अल्लो व्यवसायीबीच ‘रोल मोडल’ बनेकी छन् उनी । व्यस्तता पनि पहिलेको तुलनामा निकै बढेको छ, कारण– उनी अल्लो उद्यमी महासंघकी अध्यक्ष हुन् भने उनी एक्लैले आधा करोडको व्यवसाय सम्हालिरहेकी छन् । दशकअघि १० हजार रूपैयाँको लगानीबाट व्यवसाय थालेकी बुढाले अहिले वार्षिक २५ लाख रुपैयाँको कारोबार गर्छिन् । Continue reading