Category Archives: कर्मचारी

कर्मचारी

उद्धारमा खटेका सशस्त्र प्रहरीलाई सम्मान

गत आइतबार तुइनको घिर्नी बिग्रिएपछि त्रिशुली नदीमाथि अडि्कएका सर्वसाधारणको उद्धारमा खटिएका सशस्त्र प्रहरी टोलीलाई सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय, काठमाडौंले सम्मान गरेको छ।

आमासँगै तुइनमा अडि्कएकी ४ महिनाको बालिका आशिका आलेलाई सकुशल उद्धार गरेका हवल्दार बलराम अधिकारीलाई सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले मंगलबार नगद ५ हजारसहित प्रसंशापत्रले सम्मान गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक पोषराज बन्तले उनलाई सम्मान गरेका हुन्।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले तालिम केन्द्रका समादेक्षक दूर्गाबहादुर कुँवर, निरीक्षकद्धय दूर्गा भट्ट र मोहन जंग कार्कीलाई समेत प्रशंसा पत्र प्रदान गरेका हुन्। तनहुँको छिम्केश्वरी र चितवनको सिमलटार बिचको त्रिशुली नदीमा जडान गरिएको तुइनमा अडि्कएका ५ जनाको झण्डै ७ घण्टा पश्चात सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सकुसल उद्धार गरेका थिए। साभार : नागरिक न्युज , साउन १६, २०६९

सशस्त्र प्रहरी जवानहरुको उक्त उद्दार कार्यको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

एस पी रमेश खरेलले बटुले जनताको स्याबासी

उनी आए र छोटो कार्यकालमै पर्सावासीको मन जिते । १० महिनाको आफ्नो छोटो कार्यकालमा प्रहरी उपरीक्षक रमेश खरेलले शान्तिसुरक्षा कायम राख्न तथा अपराध र तस्करीविरुद्ध थालेको अभियानले स्कुले विद्यार्थीदेखि उनका अभिभावकसमेत एसपी खरेलका समर्थक भए । ‘अन्याय, आपत र कष्टमा परेकाको उद्धारका लागि उनले देखाएको तत्परताले छोटो अवधिमै उनी सबैको मन जित्न सफल बने,’ नागरिक समाजले गरेको अभिनन्दन समारोहमा डा. श्यामसुन्दर दासले भने, ‘उनी सबै मनका ढुकढुकी बनेका छन् ।’ चौबीसै घन्टा फोनमा उनको उपलब्धता, प्रहरीभित्रको भ्रष्टाचार नियन्त्रण हुनुका साथै तस्करी, अपराध र गुन्डागर्दीविरुद्ध अभियानलाई जनताले सराहना गरेका थिए । Continue reading

अब संस्थानहरु चाकडीवालाले हैन , क्षमता हुनेले हाँक्ने

लामो समयदेखि राजनीतिक कारणले धराशयी बनेका सार्वजनिक संस्थानका कार्यकारी प्रमुख नियुक्तिमा अब राजनीतिक हस्तक्षेप बन्द हुने देखिएको छ।
लोकसेवा आयोगका अध्यक्ष वा सदस्यको संयोजकत्वमा बन्ने सिफारिस समितिले छनोट गरेको व्यक्तिमात्र संस्थानको कार्यकारी प्रमुख नियुक्ति हुने व्यवस्था गरिएकाले राजनीतिक हस्तक्षेप बन्द हुने देखिएको हो। सरकारले केही समयअघि जारी गरेको सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन आदेश २०६८ मा समितिको व्यवस्था गरिएको छ।समितिले विभिन्न मापदण्डका आधारमा नाम छनोट गरी नियुक्तिका लागि सरकारसमक्ष पठाउने छ। सरकारले यिनै नाममध्येबाट एक जनालाई कार्यकारी नियुक्त गर्नेछ। Continue reading

प्रहरीले पक्डे चरेश ब्यापारी सेनालाई

नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत खेमबहादुर गुरुङलाई प्रहरीले १३ किलो चरेस र ११ हजार रुपियाँसहित पक्राउ गरेको छ। कालीबहादुर गण टोखाबाट चिसापानी पोष्टमा कार्यरत उनलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकै समातिएको हो।

उक्त ठाउँमा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले हिजो साँझ उनलाई नियन्त्रणमा लिएको थियो। सोही कार्यमा संलग्न सोही गणमा कार्यरत सिपाही धन सिंह मगर र भुपेन भन्ने दुई व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
साभार: नागरिक न्युज , पौष १३, २०६८

दुर्गम गाउँको घर दैलोमा सबै सेवा उपलब्ध गराउन टोली प्रस्थान

सोलुखुम्बूको डाँडापारिका बासिन्दाले एकै ठाउँबाट गाउँबस्तीमै नागरिकता, अपाङ्गता परिचयपत्रलगायत् जग्गासम्बन्धी र अन्य सेवा पाउने भएका छन्। यस्तो एकीकृत घुम्ती सेवा शिविर सञ्चालनका लागि ४१ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा गएको टोलीले आइतबारदेखि जिल्लाको भकान्जे गाविसबाट घुम्ती सेवा सञ्चालन गर्ने जानकारी दिइएको छ। टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला निर्वाचन कार्यालयका कर्मचारी संलग्न छन्। यस्तै महिला तथा बालबालिका कार्यालय, जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय र केही पत्रकारसमेत टोलीमा सहभागी छन्। Continue reading

उत्कृष्ट न्यायाधीशलाई पुरस्कृत गर्ने न्यायपरिषद्को निर्णय

प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा शुक्रवार वसेको न्याय परिषदको बैठकले पुनरावेदन अदालत र जिल्ला अदालतका न्यायाधीशहरुमध्ये उत्कृष्ट न्यायाधीशलाई पुरस्कार दिने निर्णय गरेको बैठक पछि न्यायपरिषद्का सदस्य उपेन्द्रकेशरी न्यौपाने बताएको छ । पुरस्कृत गर्न उत्कृष्ट न्यायाधीश छान्न सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश एवं न्यायपरिषद्का सदस्य दामोदरप्रसाद शर्माको संयोजकत्वमा सदस्यद्वय उपेन्द्रकेशरी न्यौपाने र खेमनारायण ढुंगानाको एक छनौट समिति गठन गरिएको पनि उनले बताए । पुरस्कार पुस ३ गने न्यायपरिषद दिवशको अवसरमा वितरण गरिने पनि उनले बताए । Continue reading

सकारात्मक संदेश: अर्का मन्त्रिले पनि गाढी सुबिधा ठ्याक्कै नलिने

देशका सामान्य नागरिकहरुले तीरेको करमा मनोमानी गर्दै आएका नेताहरुदेखि वाक्क जनताहरुमा अबभने केहि आशाका किरणहरु पलाउन थालेका छन। सस्तो गाढी चढ्ने प्रधानमन्त्री, सुबिधाको गाढी मन्त्रालयमै छोडेर ट्याक्सिमा निवास जाने गोकर्ण बिष्टका असल कदमप्रति सबैले तारिफ गरेका थिए।
अब त्यहि बाटोमा थपिनु भएको छ भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी । हो उहाँले आजैमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई एक पत्र लेखी सवारी साधन, मर्मत, इन्धन, मोबिललगायत कुनै सुविधा नलिने बताएका छन। स्मरण रहोस् उहाँले यस अघि नै सरकारी सुबिधाको गाढी प्रयोग नगर्ने घोषणा गरिसक्नु भएको छ। हुन त जनताले तीरेको करमाथि हुने रजाँइ रोक्न अझै धेरै गर्नु छ तर यस्तै सानातिना कदमहरुबाट पनि लामो यात्रा पुरा गर्न सकिन्छ। हामी जनताले राष्ट्रसेवक कर्मचारी, नेता, मन्त्रीहरुका सानाभन्दा साना असल कदमहरुको प्रसँशा गर्ने बानी बसाल्नु पर्छ जसले गर्दा अन्यलाई पनि त्यस्ता सुमार्ग तर्फ लाग्न प्रेरणा दिन्छ । सकारात्मक नेपाल परिवार मन्त्री त्रिपाठीमाथि हार्दिक आभार प्रकट गर्दछ।

१४ करोड घूस नलिनेले अब सबैको पर्दाफास गरिदिने

पूर्व ऊर्जामन्त्री गोकर्ण बिष्टले विद्युत प्राधिकरणको प्रमुख कार्यकारी नियुक्तिका लागि १४ करोड रुपैयाँ दिने प्रस्ताव आफूले लत्याएको बताएका छन् ।
‘प्रमुख कार्यकारी आफूलाई नियुक्त गरे १४ करोड रुपैयाँ दिने प्रस्ताव लिएर केही ब्यक्ति आएका थिए,’ नेकपा एमाले सिन्धुली-काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री विष्टले भने, ‘मैले उनीहरुलाई पहिलो पल्ट मार्ने नियतले ममाथि आक्रमण भएको थियो, फेरि तपाईंहरुले मलाई मार्ने प्रयास गर्नुभयो भनेर फर्काइ दिएँ ।’ Continue reading

सोलुखुम्बुमा सरकारी सेवा घरघरमा

दशैं नजिकिंदै गर्दा स्थानीयबासीलाई घरदैलोमा सेवा प्रदान गर्न जिल्लाका एक
दर्जनभन्दा बढि कार्यालय प्रमुखसहित बत्तीस जनाको टोली जिल्लाको सबैभन्दा विकट र
दुर्गम गाविस बुङ, छेस्काम, गुदेल र सोताङ पुगेका छन् ।प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङको नेतृत्वमा शिविर सञ्चालन गर्न निस्केको टोलीमा जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय प्रमुखहरु रहेका छन् । Continue reading

पूर्वका प्रहरी अब सुध्रने-बदमाशी गरे सिधै बर्खास्त

हप्तावारी, महिनावारी उठाउनेलगायत अनुचित लाभ लिने प्रहरी कर्मचारीलाई दुःखद् खबर। आचरणविपरीत कार्य गर्ने प्रहरीलाई ‘ठेगान लगाउन’ उच्च अधिकृतसहितको प्रहरी टाली परिचालन भएको छ।
‘मार्सल’ नाम दिएर बिहीबारदेखि क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट परिचालित एसपी, डिएसपी र इन्सपेक्टर सम्मिलित टोलीलाई नसिहत र निलम्बन मात्रै होइन, सिधै बर्खास्त गर्नेसम्मको अधिकार दिइएको छ। Continue reading