Category Archives: बिबिध

बिबिध

सिस्नो बहुउययोगी प्रमाणित – कुखुराले धेरै अन्डा पारे, बंगुरको मासु स्वस्थकर

सिस्नोको नाम सुन्दा तपाईंलाई पोल्ने बोटको याद आउला । तर अब सिस्नोको विशेषता पोल्ने घाँसभन्दा बढी उपयोगी बिरुवाका रूपमा प्रमाणित भएको छ । गाउँघरमा झाँडीमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै होइन जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको अनुसन्धानले देखाएको छ ।
सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ । “कुखुरालाई नियमित रूपमा सिस्नुको धूलो खुवाउँदा साविकभन्दा धेरै अण्डा पार्छ भने मासुसमेत पोसिलो हुन्छ,” अनुसन्धानकर्ता वरिष्ठ वैज्ञानिक डा. दोजराज खनालले भने, “सिस्नु नखुवाएको कुखुराभन्दा खुवाएको कुखुराको मासु धेरै स्वादिलो रहेको पाइयो ।” Continue reading

डाक्टर पढ्न पाउँदा चना पार्टी

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापा उपचारको पर्यायका रुपमा स्थापित छन्। ‘डा. बुद्धिले त छोएकै भरमा बिरामीको आधा रोग निको हुन्छ’ सेवा लिन आएकाहरू यसरी उनको प्रशंसा गर्छन्।उदेनढुङ्गा गाविस वनकेवा तनहुँमा वि.सं. २०१२ सालमा जन्मिएका बुद्धिबहादुर थापाले स्थानीय निर्मल प्राविबाट प्राथमिक तहको अध्ययन गरे। प्राथमिक तहको अध्ययनपछि भारतको आसाममा मजदुरी गर्ने बुबाको पछि लागेर उनी पनि आसाम पुगे र उतै ८ कक्षासम्म पढे। मजदुरी गर्ने उनका बुबाको मृत्युपछि आसाममै पढ्ने रहरलाई मनभरी सँगालेर गाउँमा फर्किए। गाउँमा विद्यालय नभएकाल तनहुँको खैरेनीटार माविमा कक्षा ९ मा उनी भर्ना भए। ‘एसएलसिको रिजल्ट आउने दिन म गोठालो गएको थिएँ, त्यतिबेला एकजना सरले बुद्धि तँ थर्ड भईस् भन्नु भो’ विगत सम्झदै बुद्धि भन्छन् ‘ठीकै छ, कामचलाउ पास त भएँछु। पछि थाहा पाउँदा म त बोर्ड थर्ड पो भएको रहेँछु।’
बुबाको मृत्युपछि घरव्यवहार धान्न मुस्किल पर्‍यो। एकातिर घरको आर्थिक अवस्था कमजोर अर्कातिर क्याम्पस पढ्ने उनको रहर। गुरु माधवले ‘बुद्धिले डाक्टरी पढ्छ, यो क्षेत्रमा डाक्टर छैनन्, यो डाक्टर भएर हाम्रै क्षेत्रको सेवा गर्छ’ भन्दै फूलमाला लगाए। के पढ्ने निर्णय नै नगरेकाले विदार्ई कार्यक्रममा डाक्टर बन्छ भन्दिएपछि उनलाई फसाद पर्‍यो। छोरोले एसएलसी पास गरेकोमा बुद्धिकी आमा फुरुङ्ग थिइन्। आमाले उनको बिहे गर्न खुवै फकाइन्। तर, बुद्धिले काठमाडौँ पढ्न जाने भन्दै बिहे नगर्ने अडान लिए। ऋणपान गरेर भए पनि उनी विज्ञान पढ्न काठमाडौँ हानिए। Continue reading

दुई नेपाली विश्वकै रोमाञ्चक यात्री

पहिलो पटक प्याराग्लाइडिङ देख्दा लाक्पाछिरी शेर्पाले एउटा सपना देखेका थिए, घरमाथिका अग्ला खुम्बु हिम शृंखलाको चुचुराबाट त्यसमा बसेर उड्ने ।सगरमाथाको तेस्रो सफल आरोहणपछि उनले थाहा पाए, प्याराग्लाइडिङ भयानक गहिरा हिम खाल्डो हुँदै चुचुराहरूबाट तल र्झने सबभन्दा सजिलो, छिटो र आकर्षक तरिका हो ।अक्टोबर २०१० मा लाक्पाले एउटा प्याराग्लाइडर भाडामा लिए । केही किला ठोकेर पाल लगाए । अनि घरमाथिको डाँडाबाट उडाए । त्यसबेला उनी झन्डैले एउटा रूखमा ठोक्किएका । अलिकतिले केही भएन । तर प्याराग्लाइडरको पखेँटा नराम्ररी कच्याककुचुक भयो । त्यो बनाउन र प्याराग्लाइडिङ सिकाउने गुरु खोज्न लाक्पा पोखरातिर हान्निए, जहाँ बग्रेल्ती प्याराग्लाइडर भेटिन्छन् ।

लाक्पा वर्षौंअघि एउटा टापुमा भेटिएका सानोबाबु सुनुवारकोमा पुगे । उनले लाक्पाको ग्लाइडर मर्मत गरिदिए । अनि दुईले एउटा रोमाञ्चकारी योजना पनि त्यहीं बनाए ।योजनाअनुसार विश्वकै अग्लो शिखर सगरमाथा चढ्नु पर्थ्यो, त्यहाँबाट सकेसम्म पर प्याराग्लाइडिङ गरेर उड्नु पर्थ्यो, साइकल चढेर खोलाहरू नदीमा मिसिने ठाउँमा पुग्नु पर्थ्यो, नदीमा कायाक (एक खाले रोमाञ्चकारी ढुंगा, जसमा एक जना मात्रै बस्न र चलाउन मिल्छ) गर्दै सीमा पार गरी भारतीय नदी गंगामा पुग्नु पर्थ्यो, अनि गंगामा डुंगा खियाउँदै भारतीय समुद्रसम्म पुग्नु पर्थ्यो । खेल, साहस र मित्रताको संयोजनले बनेको यो योजना आफैंमा अद्वितीय थियो ।

२८ वर्षीय सानोबाबुसँग हिमाल चढेको अनुभव थिएन । ३९ वर्षीय लाक्पाले कहिल्यै कायाक गरेका थिएनन् । उनलाई पौडिनसम्म पनि आउँदैनथ्यो । सन् २०११ को अपि्रलमा यी दुईले आवश्यक उपकरणहरू भाडामा लिए । रोमाञ्चक यात्राका लागि आधारभूत योजना बनाए । अनि सगरमाथा चढ्न निक्लिए । गएको मे २१ मा सर्वाेच्च शिखरबाट प्याराग्लाइडर उडाउनेमा उनीहरू तेस्रो थिए । ८ हजार ८ सय ६५ मिटर अग्लो ठाउँबाट चराझैं उडेर उनीहरूले नयाँ विश्व रेकर्ड पनि राखे ।

कोसी नदीमा कायाक गर्दागर्दै सानोबाबु एउटा भुमरीमा परे, लाक्पा डुबे । तर तिनले त्यो कसैगरी पार गरे । यात्रा जारी राखे । योजनाअनुसार अन्तिममा डुंगा खियाउँदै भारतीय समुद्र पार गरेपछि उनीहरू अपरिचित देशमा पुगे । त्यहाँ उनीहरूको घाँटीमा चक्कु तेस्र्याइयो र उनीहरू लुटिए । फलफूलको रूखका बोक्रा र पात खाएर उनीहरूले ज्यान जोगाए । ८ सय ५० किलोमिटर दूरीमा डुंगा खियाएपछि उनीहरू बंगालको खाडीमा पुगे । गएको जुन २७ मा उनीहरू सगरमाथादेखि भारतीय समुद्रसम्म पुग्ने पहिलो यात्री भए ।

‘समुद्रको किनारमा पुगेपछि हामी निकै अत्तालियौं,’ सानोबाबु भन्छन्, ‘किनभने हामी ठूलठूला राता बिच्छीहरूबाट घेरिएका थियौं ।’पछि उनले त्यसको तस्बिर साथीहरूलाई देखाएपछि पो थाहा पाए, उनले खतरनाक बिच्छी भनेका ती राता प्राणी निरापद गँगटाहरू रहेछन् । यी दुईलाई अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ समुदायले कदर गर्‍यो । नेपाली सञ्चार माध्यमले राष्ट्रिय नायक भनेर प्रचार गरे । पश्चिमा रोमाञ्चक यात्रीहरूले उनीहरूको साहसिक, सरल र एकदमै कम खर्चमा गरिएको यात्राको प्रशंसा गरे । यो यात्रामा कुनै सामाजिक सञ्चारको अभियान थिएन, व्यावसायिक घरानाको प्रायोजन थिएन, रोमाञ्चकारी यात्राको कुनै वेबसाइट पनि थिएन । थियो त अत्यावश्यक सामग्री थियो । अनि थियो नयाँ दृष्टि, सिर्जना र मित्रता ।

इकान्तिपुर, २०६८ फाल्गुन १७

आठ करोडमा ध्यानकेन्द्र

काठमाडौं- सहरको पूर्वी ढोका कोटेश्वरदेखि १० किलोमिटर पूर्व सूर्यविनायक, त्यहाँबाट ४ किलोमिटर दक्षिण आइतबारेडाँडा। राजधानीबाट २० मिनेटको ‘ड्राइभ’मा पुगिने यो ठाउँबाट आकाश खुलेको दिन पूर्व सगरमाथादेखि पश्चिम धवलागिरीसम्मका हिमाल देखिन्छन्। काठमाडौं र भक्तपुर जिल्लाका सबै सहर, बस्ती, गाउँठाउँ, डाँडापाखा पनि छर्लंगै। Continue reading

डाक्टर साहेबले भने ‘नेपाल सतीले सरापेको देश हैन’

प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल सतिले सरापेको मुलुक नभएको बताएका छन्। ‘अर्कालाई दोष थोपर्ने र यो ठाउँ यस्तै हो यहाँ केही हुदैन भन्ने प्रवृत्ति सर्वत्र विद्यमान छ’, उनले भने- ‘अझै कोही कोही त सतिले सरापेको देश भन्छन्। यो कसैले सरापेको देश होइन; यो शिक्षाले जन्माएको मनस्थिति हो।’
उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)को पाँचौं महाधिवेशनको महाधिवेशन उद्‌घाटनपछि ‘परिवर्तित नेपालका लागि शिक्षा बहस’लाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले राज्यप्रति नागरिकको जिम्मेवारी हुनुपर्ने उल्लेख गरे। उनले भने- ‘सरकारी छात्रवृत्तिमा डाक्टर बनेको इन्जिनियर बनेको व्यक्तिले सहजै दैनिक जसो प्रश्न गर्छ-देशले मलाइ के दियो? राज्यले मलाइ के दियो? देशको नागरिकको हैशियतले के राज्यप्रति कुनै दायित्व छैन. के राज्य व्यक्ति भन्दा अलग हो. के माग्ने भनेको राज्यसँग मात्रै हो? राज्यलाई व्यक्तिले दिनु पर्दैन?’
वक्तव्यको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस्

गौतम बुद्ध नेपालमै जन्मेको बेलायती संग्रहालयको स्विकारोक्ती

ब्रिटिस म्युजियममा राखिएको वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देशलाई विश्व नेपाली साहित्य महासङ्घको पहलमा हटाइएको छ । ब्रिटिस म्युजियममा वुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश राखेर अनावश्यक सन्देश फैलाउन खोजेको भन्दै विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बुद्धको जन्मस्थल सच्चाउन सुझाव दिलएपछि उक्त सन्देश हटाइएको हो ।

महासंघद्धारा गठित कार्यदलका संयोजक तथा वेलायतको लागि नेपाली पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा वुद्ध भारतमा नभई नेपालमा जन्मिएकाले उक्त गलत सुचना हटाउन अनुरोध गर्दै संयुक्त पत्र पठाउनु भएको थियो ।

विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु पर्दछ र अहिंसावादी भगवान बुद्ध लुम्बीनी नेपालमा जन्मिएका हुन भनि गलत जानकारी अविलम्ब सच्चाउन आग्रह गरिएको थियो । प्रत्येक बर्ष विश्वभरबाट ६० लाख पर्यटकले अवलोकन गर्ने लण्डन स्थित ब्रिटिस म्युजियमको द डिर्पाटमेट अफ एसिया कक्ष अन्तर्गत द लाइफ अफ द बुद्ध शिर्षकमा बुद्ध भारतमा जन्मिएको भन्ने गलत जानकारी रहेको थियो ।
साभार: अन्लाइन खबर, कार्तिक २७, २०६८

संयुक्त राष्ट्रसंघका महासचिवले लुम्बिनी बिकास परियोजनाको नेतृत्वदायी भूमिका निभाउने

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले बृहत लुम्बिनी विकास परियोजनाको अन्तर्राष्ट्रिय सर्मथन र सदभावको नेतृत्वदायी भुमिकाका लागि नेपालको प्रस्तावलाई स्वीकारेका छन् । सरकारको तर्फबाट बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार गरेको प्रस्ताव प्रति महासचिव मुन निकै सकारात्मक देखिएको र पूर्णरुपमा सहयोग गर्ने बचन दिएपछि दाहालले भ्रमण सोचेभन्दा राम्रो भएको बताएका छन् । Continue reading

थोरै पढौँ तर धेरै हाशिल गरौँ

Nepali man proves hard work in foreign land has its rewards

Even though thousands of Nepalis go abroad to study every year, very few of them see their dreams coming true. Rajen Kandel is one of those few successful Nepalis.

Kandel, who left for the UK at the age of 19 in 1999 to purse Graduate studies, runs a dozen of enterprises ranging from education to restaurants today. He is also the Managing Director of South London College (SLC), one of the reputed private colleges in the UK. The college is among 30 colleges out of 900 in the country to receive ‘highly sponsored’ recognition by UK Border Agency. “In addition, we too have been awarded with Successful Business Entrepreneurs Award from HBSC Bank,” said Kandel. “SLC achieved this just in four years of its operation.” Continue reading

थाई राजाको चौरासीमा नेपाली सर्जाम

थाइल्यान्डका राजा भूमिबोल आदिल्यादेजको चौरासी पूजाको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय मेलामा नेपाल झल्किने बगैंचा बनाउन सरकारले विशेष वनस्पति पठाउने भएको छ। आफूलाई राजा जनकको सन्तान मान्ने थाई राजा भूमिबोलको आउँदो कात्तिकमा चौरासी पूजा हुँदैछ। हिन्दु र बौद्ध धर्मअनुसार ८४ औं जन्मदिनको अवसरमा यस्तो पूजा गरिन्छ। थाई रानीको ८० औं जन्मदिन र युवराजको ६० औं जन्मदिन पनि यही सेरोफेरोमा पर्छ। Continue reading