पोर्चुगलमा रहेका नेपालीले अब नेपाली गौरब र नेपाली पौरखी हातले फलाएको पिरो खुर्सानीको स्वाद लिन पाउने भएका छन ।
पोर्चुगलको राजधानी लिस्बोन भन्दा केहि टाढा मासुसा भन्ने स्थानमा नेपाली दाजुभाईहरुले सामुहिक कृषी फर्म सन्चालन गरेका छन् । यसअघी नेपालीहरुको सहकारी सस्था जस्मिन बुद्धले भाडामा लिएको करिव ३ बिगाह जग्गामा शुरु गरिएको फार्म सुचारु हुन नसकेपछि अहिले ३ जना नेपालीहरु रामभक्त न्यौपाने, खेम केसी र गम बहादुर मगरले नेपाली खुर्सानीको सफल उत्पादन गरेका छन ।
करिब ४५ हजार बोटमा लटरम्मै खुर्सानी फलेका छन । कृषकका अनुसार यो सिजन मा ३०-३५ हजार किलो खुर्सानी उत्पादन भएको छ् । नेपाल भन्दा बिकसित कृषी प्रणाली भएका कारण काम गर्न सजिलो र प्रतिफल पनि राम्रो हुने किसानको भनाई छ ।
उत्पादित खुर्सानीको मूल्य र बजारका बिषयमा भने चिन्ता रहेको बताउँछन् । जसका लागि पोर्चुगलका बिभिन्न बजार स्पेन र बेल्जियममा समेत बजारको खोजी भैरहेको खेम केसीले बताए । पोर्चुगलको बजारमा सिजनमा खुर्सानी खुद्रा मुल्य ४-५ युरो प्रती केजी र बेसिजन मा ८-९ युरो सम्म पुग्ने गर्दछ ।
Source: Solidarity Khabar 14.9.2012



