Category Archives: ब्यापार

ब्यापार

सामुहिक कृषी फर्म सन्चालन गर्न थाले पोर्चुगलमा नेपालीहरुले

पोर्चुगलमा रहेका नेपालीले अब नेपाली गौरब र नेपाली पौरखी हातले फलाएको पिरो खुर्सानीको स्वाद लिन पाउने भएका छन ।

पोर्चुगलको राजधानी लिस्बोन भन्दा केहि टाढा मासुसा भन्ने स्थानमा नेपाली दाजुभाईहरुले सामुहिक कृषी फर्म सन्चालन गरेका छन् । यसअघी नेपालीहरुको सहकारी सस्था जस्मिन बुद्धले भाडामा लिएको करिव ३ बिगाह जग्गामा शुरु गरिएको फार्म सुचारु हुन नसकेपछि अहिले ३ जना नेपालीहरु रामभक्त न्यौपाने, खेम केसी र गम बहादुर मगरले नेपाली खुर्सानीको सफल उत्पादन गरेका छन ।

करिब ४५ हजार बोटमा लटरम्मै खुर्सानी फलेका छन । कृषकका अनुसार यो सिजन मा ३०-३५ हजार किलो खुर्सानी उत्पादन भएको छ् । नेपाल भन्दा बिकसित कृषी प्रणाली भएका कारण काम गर्न सजिलो र प्रतिफल पनि राम्रो हुने किसानको भनाई छ ।

उत्पादित खुर्सानीको मूल्य र बजारका बिषयमा भने चिन्ता रहेको बताउँछन् । जसका लागि पोर्चुगलका बिभिन्न बजार स्पेन र बेल्जियममा समेत बजारको खोजी भैरहेको खेम केसीले बताए । पोर्चुगलको बजारमा सिजनमा खुर्सानी खुद्रा मुल्य ४-५ युरो प्रती केजी र बेसिजन मा ८-९ युरो सम्म पुग्ने गर्दछ ।

Source: Solidarity Khabar 14.9.2012

वाह्!! नेपाली मह युरोप निर्यात

गुणस्तर मापदण्डमा प्रश्न उठाउँदै युरोपेली मुलुकले आयात रोकेको नेपाली मह निर्यातको सरकारी पहल सुरु भएको छ। केही वर्षदेखि रोकिएको युरोप निर्यातलाई निरन्तरता दिन सरकारले पूर्वाधार र नीतिगत सुधार सहितको पहल सुरु गरेको हो।सरकारले युरोपेली संघ(इयु)ले तोकेको मापदण्डअनुसार मौरीपालन, मह प्रशोधन र त्यसको अनुगमनको प्रत्याभूतिसहितको ‘रेज्युटी मनिटरिङ प्लान’ बनाउन थालेको हो।

‘हामीले यसैवर्षभित्र इयुलाई पठाउने गरी ‘रेज्युटी मनिटरिङ प्लान’ बनाइरहेका छौं,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन्, ‘प्लानका विषयमा सरोकारवालासँग छलफल भइरहेको छ।’ विभागले ‘प्लान’ तयार गरेर इयुको स्वास्थ्य तथा उपभोक्ता संरक्षण महानिर्देशनालय(डिजिसान्को)लाई पठाउने छ। डिजिसान्कोले प्रत्येक वर्ष मार्च महिनामा मात्र यस्तो प्रस्ताव स्वीकार गर्ने भएकाले आगामी वर्षको मार्चमा मात्र विभागले ‘प्लान’ पठाउन सक्नेछ। Continue reading

बाबुराम चढेपछि ‘मुस्ताङ’ बिक्री दोब्बर

गएको वर्ष भदौ दोस्रो सातासम्म हेर्दा ‘मिनि ट्रक’जस्तो देखिने, आकर्षणबिहीन एउटा गाडीको चर्चा एकाएक चुलियो। राष्ट्रिय/ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यही गाडीका तस्बिर देखिए।

प्रधानमन्त्री नियुक्त भएकै दिन बाबुराम भट्टराईले चढ्ने घोषणा गरेपछि ‘हुलास मुस्ताङ म्याक्स’ गाडीबारे जताततै चर्चा चलेको थियो। कमैमात्र नेपालीले चाल पाएको स्वदेशी गाडी ‘मुस्ताङ म्याक्स’ को चर्चा त्यसपछिका केही महिनासम्म चलिरह्यो।

प्रधानमन्त्रीले चढेपछि यसको चर्चामात्र चलेन, व्यापार पनि बढ्यो। भट्टराईले प्रयोग गर्न थालेको १० महिनाभित्र यसको बिक्री र उत्पादन ह्वात्तै बढेको छ। योक्रम रोकिएको छैन। अझ गति लिँदैछ।
मुस्ताङ म्याक्स उत्पादक गोल्छा समूहको हुलास मोटर्सका अनुसार अहिले यसको माग पहिलेभन्दा दोब्बर छ। उत्पादन सुरु भएको केही वर्षसम्म राम्रो व्यपार गर्न नसकेको कम्पनीले माग बढेपछि उत्पादन क्षमतै बढाएको छ। Continue reading

कान्लामै हजारौँ आम्दानी हुने भएपछी किन जानु बिदेश

आजभोलि कमाउन विदेशिने युवाहरूको सङ्ख्या दैनिकरूपमा वृद्धि भइरहेका बेला पश्चिम दाङको पुरन्धरा– ८ सिमगौराका किसानले भने पैसा कमाउन विदेश जानु नपर्ने उदाहरण देखाएका छन् ।ती किसानहरू खेर गइरहेको बारी तथा पाखाको कान्लामा केराखेती गरेर राम्रो आयआर्जन गर्न सक्षम भएका छन् । उनीहरूले केराखेती गरेर आफ्नो घरखर्च चलाउन मात्र नभई छोराछोरीलाई बिद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् ।यस्तैमध्ये एक हुन् स्थानीय भीमबहादुर खड्का । उनले विगत १० वर्षदेखि केराखेती गरेको बताउँदै सुरुमा त्यति राम्रो आम्दानी नभए पनि पछि विस्तारै वार्षिक रु ५० हजारको सम्म बिक्री गर्न सकेको बताउनुभयो ।‘पहिले पहिले त घरखर्च चलाउन र छोराछोरीलाई पढाउन समस्या हुने गरेको थियो, अहिले केराखेतीकै आम्दानीबाट घरचलाउन छोराछोरी पढाउन सजिलो भएको छ’ उहाँले भन्नुभयो । Continue reading

एकल महिलाको मोटर साइकल वर्क शप

बि.बि.सी नेपाली सेवाबाट प्रसारित जनकपुरधामकी एकल महिलाको प्रेरणादायि कार्य सुन्न यहाँ क्लिक्क गर्नुहोस्

सिरानीमा बेलायती भिसा राखेर तरकारी खेती

जापानबाट दुई वर्षअघि घर फर्कंदा साथीहरूले सुन, हिरा र मोतीका बहुमूल्य गरहगना रोजे। महँगा विद्युतीय सामान लिएर आए। मीनाकुमारी (मिनु) गुरुङका झोलामा भने जापानी तरकारीका बीउ, झार काट्ने मेसिन, टाउकोदेखि हातगोडामा लगाउने रबरका पञ्जा, एप्रोन, बुट र अन्य कृषि औजार थिए।उनलाई अरूजस्तो न धपक्क गहना लगाएर हिँड्ने रहर थियो, न घरभरि विलासिताका सामान जोड्ने सोख। व्यावसायिक कृषक बन्ने एक मात्र उद्देश्य लिएर उनी स्वदेश फर्कंदै थिइन्।तिनै ४७ वर्षीया मिनु कास्कीकी एक सफल र व्यस्त व्यावसायिक कृषक बनेकी छन्। झट्ट हेर्दा जापानीजस्ती देखिने उनले जापान बस्दा देखेका र सिकेका व्यावसायिक कृषिका नमूना पोखरा नजिकैको हेम्जा फाँटमा लटरम्म उत्पादन गरेर देखाएकी छन्।’स्वदेशकै धनमानी र विदेशबाट धन कमाएर फर्किएकाहरूमा काम नगरी बसेर खाने प्रवृत्ति देखेँ,’ उनले भनिन्, ‘काम गरिबले मात्र गर्ने होइन भन्ने देखाउन म खेती-किसानी गर्न आएको हुँ।’ Continue reading

बिनोद कर्माचार्य बने कन्डक्टर बाट उद्योगपति

पर्बत जिल्लाको सदरमुकाम कुश्माका ३६ वर्षीय विनोद कर्माचार्य २० वर्ष अघिसम्म पश्चिमको धनगढीमा सार्वजनिक बसमा सहचालकको रूपमा काम गर्थे । नेपाल बैंक धनगढी शाखामा बुवा कार्यरत भएकाले बुवासँग खर्च मागेर पढ्न त्यहाँ पुगेका उनले वास्ता नगरेपछि पढ्नलाई नभई बिरानो ठाउँमा बाँच्नका लागि गाडीमा सहचालकको काम सुरु गरे । त्यसपछि बिस्तारै चालक बनेका उनले यातायात क्षेत्रमा सक्रिय भएर टायर रिसोलिङ सेन्टर खोलेर कुश्मामा व्यवसाय सुरु गरे । टायरकै बारेमा बुझ्न भारतको नयाँदिल्ली पुगेका कर्माचार्यले साथीको सहयोगमा पेयपदार्थ उत्पादन सम्बन्धी तीन महिने तालिम लिए । त्यही तालिमले अहिले उनी सफल उद्योगपति बनेका छन् । उनले पहिलोपटक बैंकबाट ६० लाख रुपैयाँ ऋण लिएर अक्वा पानी उत्पादन सुरु गरे । Continue reading

ब्यावसायिक् तरकारी खेतिले बनायो “लोदे” गाउँलाई “फुलबारी”

केही वर्षअघि सम्म मैनतडा-७ स्थित यस गाउँको नाम लोदे थियो। परम्परागत खेतीबाट छाक टार्नसमेत धौधौ परेपछि अघिकांश पुरुष कामको खोजीमा भारत लाग्दा खेतबारी बाझै रहेकाले गाउँको नामनै लोदे रहन गएको स्थानीय सुनाउँछन्।तर यति बेला गाउँको नाममात्र हैन, मुहारै फेरिएको छ। आधुनिक तरिकाले तरकारी खेती अँगालेपछि याहाका किसानको आम्दानी बढेको छ। जीविकोपार्जनको खेती गर्दे आएका उनीहरुले अर्थोपार्जनको बाटो अंगालेसँगै लोदे गाउको नाम परिवर्तन गर्दे फूलबारी राखेका छन्। Continue reading

खरायोपालन राम्रो ब्यवसाय

पर्वतको एक दुर्गम गाउँका स्थानियवासीहरु व्यावसायिक खरायो पालनतर्फ आकषिर्त भएका छन् । उत्तरी पर्वतको लेखफाँट गाविसस्थित डाँडाकटेरीका बासिन्दाले व्यावसायिकरुपमा खरायो पाल्न थालेका हुन् । भेडाबाख्रा पाल्नुभन्दा सहज र छोटो समयमा धेरै फाइदा लिन सकिने भएकाले यहाँका किसानले खरायोमा लगानी गरेका हुन् । वडा नं. ८ मा रहेका २३ घरधुरीले नै खरायोपालन व्यवसायलाई आफनो मुख्य व्यवसायका रुपमा अपनाएका छन् । यहाँका प्रत्येक घरमा १० देखि २० वटासम्म खरायो छन् । Continue reading

व्यावसायिक रिठ्ठा खेती

विदेशमा नेपाली रिठ्ठाको माग बढेपछि उदयपुरमा यसको व्यावसायिक खेती सुरु गरिएको छ । उत्पादनको तुलनामा माग बढेपछि जिल्लाका किसान व्यावसायिक रूपमा रिठ्ठा खेती गर्न थालेका हुन् ।माग बढ्दै गएपछि वनजंगल र खेतबारीमा त्यसै खेर गैरहेको रिठ्ठाबाट अहिले किसानले राम्रो आम्दानी गर्न थालेका छन् । यहाँ उत्पादित रिठ्ठा भारतको कोलकाता र जर्मनी निर्यात हुने गर्छ । उदयपुरको कटारी, बेल्टार, मुर्कुचीमा संकलित रिठ्ठा किसानले थोरै मूल्यमा खरिद गरी बाहिरका व्यापारीलाई बेच्दै आएका छन् । Continue reading