Category Archives: समाज सेवा

अरबको मजदुरी छोडेर चेपाङका बच्चा पढाउदै

केहि वर्ष अघिसम्म सात समुन्द्र पारी अरब देशमा लेवरकाम गर्दै शुक्रबारे छुट्रटीका दिन पार्कमा कहिले लोकगीत प्रतियोगीतामा सामेल हुने त कहिले गजल प्रतियोगीतामा रमाउदै प्रवासमै नेपाली भाषाको पत्रिका प्रकाशन गरेका अधबैसे गोर्खाली ठिटो ६ बर्षको प्रवासको बसाईपछि मातृभुमी फिरेर अभियानमुखी पत्रकारिता भनेर गामबेसीको झोला बोक्दै उकाली ओराली गर्दा बिरलैले चिन्थे केपि किरण शर्मालाई । समयको कालखण्डसंगै आफुले लिएको अभियानलाई लक्ष्यतर्फ ढल्काउन नारायणीमा धेरै पानी बग्नुपर्यो, धेरैजोर चप्पल च्यातिन परर्यो, धेरै झोलाका तुना चुढ्नु परर्यो र समयसँग धेरै पौंठेजोरी खेल्नु परर्यो यी अभियन्तालाई । Continue reading

हङकङ सरकारद्वारा नेपाली महिलालाई अवार्ड

सामुदायिक सेवामा सकृय योगदान गरेवापत हङकङ सरकारले अरुणा गुरुङलाई ‘चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्डले सम्मान गरेको छ । हङकङ स्थापना दिवसको १५ औं वाषिर्कीका अवसरमा उक्त घोषणा भएको हो । घोषित अवार्ड चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर १ मा हङकङका कार्यकारी प्रमुख (चिफ एक्ज्युकेटिभ) ले प्रदान गर्नेछन् ।

गुरुङ आधा दसकदेखि सरकार मातहत संचालित विभिन्न सामुदायिक संस्थाहरूमा आबद्ध छिन् । स्थानीय सरकारले हालै उनलाई गृह मामिला विभाग अन्तर्गतको याउ चि मोङ साउथ एरिया कमिटी सदस्यमा दुई वर्षका लागि नियुक्त गरेको छ । यसअघि उनी गृह मातहतकै जातीय सद्भाव प्रर्वद्धन समिति, सार्वजनिक मामिला फोरम, परिवहन विभाग अन्तर्गत सदस्य थिइन । Continue reading

अब स्वयमसेवकले काठमाण्डु सफा गर्ने

सरकारले आगामी चैतको अन्तिम सातादेखि काठमाडौँको सरसफाई अभियानका लागि एक लाख स्वयम् सेवक परिचालन गर्ने भएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शनिबार राष्ट्रिय स्वयम्सेवा अभियान सञ्चालन भएको छलफल कार्यक्रममा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए।
कार्यक्रममा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौँ उपत्यकालाई हरियाली सहरको रुपमा विकास गर्नका लागि सबै तह तप्कालाई मिलाएर काम गर्न निर्देशन दिए। Continue reading

म्याग्दीका प्रबासीले गरे आफ्नो गाँउलाई २३ लाखको सहयोग

आफ्नो जन्मभूमि छोडेर विभिन्न सिलसिलामा बेलायत पुगेका म्याग्दी बिमका बासिन्दाले गाउँको विकासका लागि लाखौँ रुपैयाँ सहयोग भित्रयाएका छन् । दुर्गम गाउँ बिममा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारको विकास र संस्कृति संरक्षणका लागि बेलायत पुगेका बिमवासीले सहयोग उपलब्ध गराएका हुन् । गोर्खा सैनिक र अन्य रोजगारको सिलसिलामा बेलायतमा बस्दै आएकाले आˆनो गाउँको विकासका लागि त्यहाँ प्रवासी म्याग्दी बिम युके समाज गठन गरेका छन् ।

समाजका सचिव कृष्णप्रसाद जुक्जालीले विसं २०५७ मा सानीखोला लद्युजलविद्युत् परियोजना निर्माण, दुई वर्षअघि बिममा खुलेको किसानी उच्चमावि, नौलीस्ने खोला लद्युजलविद्युत् परियोजना, गाविस विवरण बनाउन, ताररहित इन्टरनेट जडान गर्न र ज्येष्ठ नागरिक अक्षयकोषलगायत विभिन्न कामका लागि हालसम्म २३ लाख रुपैयाँ सहयोग गरिसकेको जानकारी दिनुभयो ।

गाउँमा केही नयाँ विकासका काम हुने खबर पाएपछि आफूहरूले विगतमा पाएको दुःख सम्भिmएर सहयोग गर्न मन पलाउने गरेको जुक्जाली बताउनुहुन्छ । बिमका २५ घर हाल बेलायतमा बस्दै आएका छन् । रासस

बिकास गर्न १ रुपैँयाबाट पनि सम्भव हुने रहेछ

अहिले म धनकुटाको बेलाहारा गाविसस्थित विश्रान्ति मन्दिर वृद्धाश्रममा छु । ३५ वृद्धवृद्धालाई आश्रय दिइरहेको उक्त आश्रमले एउटा नारा बनाएको रहेछ १ रुपैयाँमा १ करोड । एक जनाले दैनिक १ रुपैयाँ दिने हो भने एक महिनामा ३० रुपैयाँ हुन्छ । १ वर्षमा ३६५ रुपैयाँ हुन्छ । ५ वर्षमा १८ सय २५ रुपैयाँ हुन्छ । ५५ सय जनाले यही तरिकाले सहयोग गर्ने हो भने १ करोड ३७ हजार ५ सय उठ्छ । उसले यो नारा मात्र बनाएको छैन, छोटै समयमा ५० लाखभन्दा बढी उठाइसकेको छ । र, सबै दाताको नाम तीन पुस्तेसहित कार्यालयमा सार्वजनिक गरेको छ । नामको सूचीले पूरै कार्यालय भरिएको छ ।’सक्नुहुन्छ, एक गाडी ल्याउनुस् । त्यति सक्नुहुन्न, एक डोको ल्याउनुहोस् । त्यो पनि सक्नुहुन्न, एक पोको ल्याउनुस् । त्यो पनि सक्नुहुन्न, एक झोला ल्याउनुस् । त्यो पनि सक्नुहुन्न, एक गोजी ल्याउनुस् । त्यो पनि सक्नुहुन्न, एउटा ल्याउनुस्,’ आश्रमका जनार्दन घिमिरे सहयोग जुटाउने तरिकाबारे भन्छन्, ‘यही तरिकाले हामीले अहिलेसम्म गुजारा चलाउँदै आएका छौं । जम्मा १ माग्दा दिनेलाई पनि गाह्रो हुँदैन ।’ Continue reading

चेपाङ परिवार र अपांग बालकलाई सहयोग

कष्टकर जीवन बिताइरहेका धादिङ बेनीघाट-७ का बुद्धराम चेपाङको परिवारलाई प्रधानसेनापति छत्रमानसिंह गुरुङले मंगलबार १० हजार रुपैयाँ सहयोग गरेका छन् । उनले चार थान कम्बल र पाँचवटा स्विटर पनि उपलब्ध गराएका छन् । बिपा चेपाङको नाममा खोलिएको बंैक खातामा मंगलबारसम्म ४९ हजार ७ सय रकम जम्मा भएको छ । शाखा प्रबन्धक वीरेन्द्र स्वाँरका अनुसार मंगलबार आठ जनाको सहयोग रकम जम्मा भएको हो । काठमाडौंका गोविन्दमानले ५ हजार, सैनिक जवान जन बस्नेतले ४ हजार, कृष्ण बोगटी १ हजार १ सय, शंकर नामबाट १ हजार र दुई जना नाम नलेखेका व्यक्तिले क्रमशः १ हजार १ सय र ५ सय रुपैयाँ बैंकमा जम्मा गरेका छन् । नारायणी यातायात व्यवसायी संघ हेटौंडाका कर्मचारी रामप्रसाद चौलागाइर्ंले कान्तिपुरमार्फत ५ हजार सहयोग रकम बुझाएका छन् । विराटगरका स्थानीय लक्ष्मण हुमागाईंको परिवारले पनि कान्तिपुर क्षेत्रीय कार्यालयमार्फत २ हजार ५ सय रुपैयाँ सहयोग रकम बुझाएका छन् । Continue reading

खाजा खर्च जोगाएर विद्यालयलाई सहयोग

मातृभूमि प्रतिको लगाव आखिर जहाँ भए पनि उस्तै । देशप्रतिको लगावका लागि उमेरको के कुरा भयो र । हेर्नुस न टेक्सासको डलासको यी दुई दिदी बहिनी बालिकालाई । एघार वर्षीया कृर्तिमा लामिछाने र नौ वर्षीया ईच्छा लामिछानेले आफनो विद्यालयको खाजा खर्च बचाएर गोरखाको नामजुङ गाविसका दुई प्राथमिक विद्यालयलाई कम्प्युटर र छात्रवृतिका लागि आर्थिक सहयोग गरेका छन् । दुई बालिकाले अभिवाहकले दिएको स्कुल खाजा खर्च र अन्य खर्च जोगाएर झण्डै ४४ हजारको सहयोग गरेका छन् । Continue reading

सबै नेपालीले सम्मान गर्नै पर्ने ब्यक्तित्व- ईलामका करन्दल

लौरो टेकेर धुसेनीको उकाली-ओराली गरिरहने करन्दल अरूकै भविष्यको चिन्ता गरिरहन्छन् । गाउँमा विद्यालय, पाटीपौवा, मठमन्दिर, धारा, पुल, कुलोलगायत भौतिक संरचना निर्माण गर्ने काम उनलाई आप\mनै हो जस्तो लाग्छ । कसैको मुखमा माड परेको छ/छैन, उनी त्यसको ख्याल राख्छन् । सके आफैँ नसके अरूबाट सहयोग जुटाएर भए पनि सामाजिक काम गर्नु उनको जीवनको एकमात्र लक्ष्य हो । उनी भन्छन्, ‘आफूले जति दुःख गरे पनि सुखभोग गर्ने सपना कहिल्यै देखिनँ ।’आफ्नो बलबुताले भ्याएसम्म आफू र परिवारभन्दा पनि समाजको भलो गर्न लागिपरेका करन्दललाई जिल्लाका सायदैले चिन्लान् । Continue reading

वाह् ! कत्रो हृदय भएका ब्यापारी

ब्यापारी भएपछि नाफा कमाउनु , धेरै धन सम्पत्ति जोड्नु , ब्यापार बिस्तार गर्नु त अति सामान्य हो। तर नेपालका एक सफल ब्यापारीले उक्त ब्यक्तिगत लाभ मात्र हेर्ने प्रब्रित्ति बाहेक आफ्नो सामाजिक दयित्व पनि सँगसगै लगेका छन। यसरि सामाजिक कार्यमा उलेख्य योगदान पुर्याउने ब्यक्ति हुन भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङ ।
गुरुङले आफ्ना स्व. मातापिताको नाममा अत्याधुनिक इमरजेन्सी वार्ड स्थापना गरेका छन् । शिक्षण अस्पताल महाराजगन्ज परिसरमा १० करोडको लगानीमा स्थापना भएको ‘स्व. वृषबहादुर, धनमाया गुरुङ’ इमरजेन्सी वार्डको आइतबार राष्ट्रपति डा. रामवरण यादवले उदघाट्न गरे ।वार्डको उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले गुरुङको सेवाभाव अरूले पनि अनुकरण गर्नसके ग्रामीण बस्तीका जनताले समेत सजिलै स्वास्थ्य सेवा पाउन सक्ने बताए । डा. यादवले भने, “अरूलाई पनि राष्ट्र सेवा गर्न गुरुङको कार्य प्रेरणाको स्रोत बन्न सकोस् ।” Continue reading

कलिलो उमेरदेखि नै समाजसेवा सुरु

पल्सर लोकप्रिय खेलाडीमा चुनिएको भोलिपल्टै नेपाली राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङले पुरस्कारवापत पाएको रकम सामाजिक कार्यमा सहयोग गर्ने बताएकी छन्। पोखरेली सिपोराले प्राप्त ३० हजारमा सानोसंसार चाइल्ड केयर, सहारा फुटबल क्लब र लमजुङ युनाइटेड फुटबल क्लबलाई १० हजारका दरले प्रदान गर्ने उनले सोमबार आयोजित कार्यक्रममा घोषणा गरिन्।

पल्सर लोकप्रिय खेलाडी सिपोरा गुरुङले पुरस्कारवापत पाएको रकम सामाजिक कार्यमा सहयोग गर्ने ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार आयोजना गरेको धन्यबाद कार्यक्रममा माली ट्रभाल्सका सञ्चालक एवंम व्यवसायिक बलिङ खेलाडी निलेन्द्र मालीले पपुलर खेलाडी भएकोमा १० हजार नगद प्रदान गरेका थिए। त्यसमा सिपोराले आफुले विजेता बनेर पाएको सबै रकम सामाजिक कार्यमा खर्च गर्ने बताइन्। सिपोराले साथीहरुसँग मिलेर सानो संसार चाइल्ड क्येर्स (अन्नपूर्ण डटर्स ग्रुप) मार्फत ९ गरिब बालबालिकालाई हेरचाह गर्दै आएकी छिन्।

चाइल्ड केयरकी संस्थापक सदस्य सिपोराले आफू भलिबल खेलाडी भए पनि समग्रमा खेलकर्मी भएकाले फुटबल क्लबलाई सहयोग गर्न लागेको बताइन्। ‘मलाई समाजसेवामा केही गर्न पाए आत्मसन्तुष्टि हुन्छ,’ सिपोराले भनिन्। उनी एसएमएस मतका आधारमा लोकप्रिय खेलाडी भएकी हुन्।
source: cricketfootball.com