प्रहरी सँगठनमा राम्रो स्वच्छ छवी बनाएका र सबैको प्रसँशा बटुल्न सफल एस पी रमेश खरेलको नाम नसुनेका कमै होलान। तर प्रहरी संगठनभित्र रमेश खरेल जस्तै असल चरित्र भएका
सम्माननीय अधिक्रितहरु धेरै रहेको पुष्टी हुँदै आएको छ। आजभोलि तराइका मुख्य नाकाहरुबाट हुने , चोरी पैठारी , घुसखोरी, हत्या अपहरण जस्ता घटनाहरुमा तिब्र सुधार आएको स्थानिय बासिन्दाहरुले महशुश गरेका छन। कानून पालना गराउने क्रममा माथिबाट पर्ने दबाबको वास्ता नगर्दै , आफ्नो पेशामा दत्त चित्त भएर लाग्ने यस्ता अधिक्रितहरुको सम्मान आम नागरिकहरुले गर्नै पर्ने हुन्छ। हिजोआफ तराइमा यसरि असल परिणाम देखाउन सफल मोरङका प्रहरी प्रमुख प्रद्युम्न कार्की, लुम्बिनी अञ्चल प्रहरी प्रमुख (एसएसपी) प्रकाश अर्याल र कपिलवस्तुका धिरु बस्नेतको गुणगान नगाउने कमै होलान। यिनिहरुमध्य प्रकाश अर्यालले त सर्वसाधारणको भेषमा कुर्ता पाइजामा लगाई टाउकोमा फेटा गुथेर भारतीय मालवाहक ट्रकमा बसेर भैरहवादेखि नवलपरासीको गैंडाकोटसम्म यात्रा गरे केवल प्रहरी, कर्मचारी र अपराधी हरुको साँठगाँठ पता लगाउन। इ-कान्तिपुरले भाद्र ३१ मा छापेको प्रहरी सँगठन भित्रको सुधार सम्बन्धी पुरै लेख पढ्न यहाँ क्लिक गर्नुहोस् ।
photo: e-kantipur
